लेकमको कैनोडामा सुख्खा पहिरोले  खानेपानीको मुहानमा क्षती

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा (साच्चोरी) मा सुख्खा पहिरो गएको छ।

शुक्रबार राती गएको सुख्खा पहिरोले साच्चोरीमा २ वटा खानेपानीका (न्वालो) मुहानमा पुर्ण रुपमा क्षती भएको नेपाली कांग्रेस लेकम गाउँपालिका वडा नम्बर २ का वडा सभापती केशव राज जोशीले जानकारी दिनुभयो।

स्थानीय कैनोडा साच्चौरी गाउँका १२ वडा घरपरिवारले प्रयोग गर्दै आएका २ वडा खानेपानीका  मुहान (न्वालो) मा पुर्ण रुपले क्षती पुगे पछी खानेपानीको समस्या भएको स्थानीय गोपाल दत्त जोशीले जानकारी दिनुभयो ।

गए राती एक्कासी गएको सुख्खा पहिरोको कारण स्थानीय गोपाल दत्त जोशीको उखु बारीमा पनि क्षती भएको उहाँले बताउनुभयो । स्थानीय १२ घरधुरीले प्रयोग गरिरहेका २ वटै खानेपानीका मुहानमा पुर्ण रुपले क्षती भए पछि करिब १ घण्टाको बाटो हिडेर खानेपानीको लागी कैनोडा मुहान जानुपर्ने बाध्यता आएको स्थानीयले जोशीले बताउनुभयो।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?