दार्चुलाको लेकममा भीरबाट लडेर ८६ बर्षीय बोहराको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ५ अंम्कुरका ८६ वर्षीय गगन सिंह बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।
शनिवार साझ दाउरा लिन भनी गएका बोहराको बाँजाधार भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको लेकम गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बल्देव सिंह बोहराले जानकारी दिनुभयो ।

भीरबाट लडेर १ सय ५० मिटर तल खसेका बोहराको घट्ना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । गाउँका मेहनती, मिलनसार व्यक्तिको निधन हुँदा आज श्री भगवती आधारभूत विद्यालयमा शोक बिदा दिइने वडाअध्यक्ष बोहराले  जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?