कञ्चनपुरमा दार्चुला घर भएका बुवा छोरीको एकै चिहानमा अन्तेष्टी

दार्चुला । कञ्चनपुरमा बुवाको शव पठाएर फर्किदा छोरीकोपनी मृत्यु भएको छ ।

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ६ निसिल स्थायी घर भइ त्रिवेणी भन्सार कार्यालय नवलपरासीमा कार्यरत कार्यालय सहयोगी मोहन बोहराको हृद्धयघातका कारण फागुन १३ गते र उहाँकै छोरी निर्मला बोहराको फागुन  १५ गते (हिजो) कञ्चनपुरमा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो ।

दुबै बुवा,छोरीको कञ्चनपुरमा (हिजो) एकै चिहानमा अन्तेष्टी गरिएको मृत्तक बोहराका आफन्त नविन धामीले जानकारी दिनुभयो । पढाइको सिलसिलामा निर्मला र उनका भाई महेन्द्रनगरमा भाडाको घरमा बस्दै आएका थिए ।

बुबाको दिंवगत अनुहार हेरेर फर्किदै गरेकी छोरीलाइ पनी दैवले खोसेपछी सिंगो दार्चुला सहित निसिल गाउँ शोकमग्न बनेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?