दार्चुला । दार्चुलामा जिप दुर्घटनामा परि गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ।
बुधबार (आज) दिउँसो ४ बजे जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ मुल्लाभन्ने ठाँउमा सु.प.प्र –००१ ज ०००५ नम्बरको जिप दुर्घटनामा परि गम्भीर घाइते भएका महाकाली नगरपालिका वडा नम्बर २ का २५ बर्षीय जिप चालक महेश भुलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिनुभयो ।
भुलको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा ज्यान गएको उहाँले बताउनुभयो ।
दुुर्घटनामा परि घाइते भएका अन्य दुई जना महाकाली नगरपालिका वडा नम्बर २ घर भएका १५ बर्षीय सागर भुल र ३ बर्षीय धौले भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया