दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट लडेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ सुण्डमुण्डका ६४ वर्षीय नर बहादुर ठगुन्नाको सोमवार (हिजो) भीरबाट लडेर ज्यान गएको प्रहरीले  जनाएको छ ।

बाख्रा चराउन गएका ठगुन्नाको स्थानीय भैषेमेला भीरबाट लडेर ज्यान गएको बताइएको छ ।

बाख्रा चराउन गएका ठगुन्ना अबेर रातीसम्म घर नर्फिएपछि स्थानीयहरुले खोजी गदैँ गर्दा मंगलवार (आज) विहान मृत्त अवस्थामा फेला परेको बताइएको छ । मृत्तक ठगुन्नाको घरमा उनकी श्रीमती,तीन छोरा, तीन छोरी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?