प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटार स्रोतका अनुसार बुधबार प्रधानमन्त्रीको स्वाब परीक्षणका लागि दिइएकोमा रिपोर्ट नेगेटिभ आएको हो ।प्रधानमन्त्रीका राजनीति, परराष्ट्र तथा प्रेस सल्लाहकारका साथै स्वकीय सचिवमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको स्वास्थ्यका बारेमा सर्वसाधारणमा चासो बढेको छ ।स्राेतका अनुसार प्रधानमन्त्री कार्यालयमा खटिएका सुरक्षाकर्मीसहित एक सय पचास जनाकाे काेराेना परीक्षण गरिएकाेमा १५ जनाभन्दा बढी सुरक्षाकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।सुरक्षाकर्मीमा काेराेना पुष्टि भएसँगै ट्रेसिङमा परेका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहका सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराइ तथा स्वकीय सचिव इन्द्र भण्डारीकाे परीक्षणमा काेराेना पुष्टि भएकाे हाे ।ट्रेसिङमै पर्नुभएका प्रधानमन्त्रीमा भने नेगेटिभ रिपाेर्ट देखिएकाे छ ।
प्रतिक्रिया