लेकमका वडाहरुमा भू-उपयोग योजना सम्बन्धि स्थलगत सर्वेक्षण तथा वडा बैठक बस्ने

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा भू–उपयोग योजना सम्बन्धि छलफल तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष रामदत्त जोशीको अध्यक्षतामा सञ्चालन गरिएको छलफलबाट भू–उपयोग योजना तयारीका लागि आएका विज्ञहरुको सहभागीतामा गाउँपालिकाका ६ वटै वडाहरुमा स्थलगत सर्वेक्षण र वडा बैठक बस्ने निर्णय गरिएको छ ।

जसअनुसार जेठ १५ गते वडा नम्बर ३ लालीमा, १६ गते वडा नम्बर ४ खरकडामा, १७ गते वडा नम्बर २ कुणीमा स्थलगत सर्वेक्षण तथा वडा बैठक बस्ने निर्णय गरिएको रोजगार संयोजक जोशीले बताउनुभयो । त्यस्तै जेठ १८ गते वडा नम्बर वडा नम्बर १ को सर्मोली बडिपूरमा, १९ गते वडा नम्बर ६ को उचाकोटमा र २० गते वडा नम्बर ५ को रिठाचौपातामा स्थलगत सर्वेक्षण तथा वडा बैठक बस्ने बताइएको छ ।

लेकम गाउँपालिकाको आयोजना तथा  धामी इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिको प्राविधिक सहयोगमा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको लेकम गाउँपालिकाका रोजगार संयोजक राधावल्लब जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?