दार्चुलाका जिल्ला न्यायधीस गौतमको सरुवा, शाह दार्चुला आउने

दार्चुला । जिल्ला अदालत दार्चुलाका न्यायधीस गिरिराज गौतमको सरुवा भएको छ । एक बर्ष बढी जिल्ला न्यायधीसको जिम्मेवारीमा दार्चुला बसेका गौतमको सिराहा सरुवा भएको हो ।

बुधबार बसेको न्याय परिषदको बैठकले एकैपटक दार्चुलाका न्यायधीस गौतमसहित १ सय १४ जना  न्यायधीसहरुको सरुवा गरेको छ ।

न्याय परिषदको निर्णय अनुसार जिल्ला अदालत दार्चुलाका न्यायधीस गिरिराज गौतमको सिरहा जिल्ला अदालतमा सरुवा गरेको छ भने गौतमको ठाउँमा कपिलबस्तु जिल्ला अदालतबाट लोकजङ शाह जिल्ला अदालत दार्चुलाको न्यायधीसको जिम्मेवारीमा आउने भएका छन् ।

परिषद्ले हालै नियुक्त भएका २९ जना जिल्ला न्यायधीसहरुको समेत पदस्थापना गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?