सरकार र डा. केसी पक्षबीच १० घण्टादेखि वार्ता जारी

अनशनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच १० घण्टादेखि वार्ता जारी रहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्ता सकारात्मक रहेको बताइएको छ ।

यसअघिको बैठकमा दुवै टोलीले सहमतिको लागि ड्राफ्ट बनाएको थियो । त्यसपछि केही समय रोकिएको वार्ता सरकारी टोलीले ड्राफ्ट माथिल्लो निकायमा र डा. केसीका प्रतिनिधिले पनि डा. केसीलाई देखाएपछि पुनः सुरु भएको थियो । अहिले ड्राफ्टमा केन्द्रीत भएर छलफल भइरहेको छ ।

डा. केसीसँग वार्ता गर्नका लागि सरकारले बुधबार शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।  त्यस्तै, डा. केसीका तर्फबाट डा. जीवन क्षेत्रीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?