आउँदाे महाधिवेशनबाट म कांग्रेस सभापति रहँदिन : देउवा (पूर्णपाठ)

दार्चुला । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आउँदाे १५औं महाधिवेशनबाट आफूले पार्टीको नेतृत्व छोड्ने दोहोर्‍याउनुभएको छ ।

जेनजी आन्दोलनपछि आज पहिलो पटक सार्वजनिक हुनुभएका उहाँले पार्टी केन्द्रीय कार्यसमितिकाे बैठकमा अहिले पार्टीमा नेतृत्व हस्तान्तरणको सवाल उठेको उल्लेख गर्दै १५औं महाधिवेशनबाट आफू पार्टीको नेतृत्वमा नरहने स्पष्ट पार्नुभएको हो ।

सभापति देउवाले घरमा सधैँ एकै जना मूली नरहने दृष्टान्त पेश गर्दै पार्टीको वैधानिक व्यवस्था र आफ्नो राजनीतिक इच्छा पनि अब पार्टीको नेतृत्वमा नरहने रहेको उल्लेख गर्नुभयो । आफूले यसअघि नै १५औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा नरहने कुरा भनिसकेको स्मरण गराउँदै अब नयाँ नेताले पार्टी सभापतिको जिम्मेवारी लिनेमा कुनै द्विविधा नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘घरमा सधैँ एकै जना मूली रहँदैन । पार्टीमा पनि हमेशा एकै जना सभापति रही रहँदैन । मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु । आउँदाे १५औं महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?