दार्चुला । आज सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भागका केही ठाउँमा तुँवालो लागेको छ । पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा नै छ ।
आज दिउँसो तराई भागका केही ठाउँमा हुस्सु/कुहिरो कायमै रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम सफा रहने अनुमान छ ।





प्रतिक्रिया