२ लाख नगद र ८ लाखको चेकसहित सात जुवाडे पक्राउ

काठमाण्डाैको कुलेश्वरमा  दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद र सात लाख ९४ हजार ८ सय ७० रुपैयाँ बराबरको विभिन्न बैंकको चेकसहित सात जुवाडेलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

काठमाण्डौ महानगरपालिका १४ काे कुलेश्वरमा शिव श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरू साेमबार बेलुका पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा काभ्रेका यादव चौलागाईँ, धादिङका राजु पौडेल, चितवनका राजीव श्रेष्ठ, केशवप्रसाद मुडवरी, बाराका श्याम तामाङ र कैलालीका प्रेम बडवाल रहेका वृत्तका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) अपिलराज बोहराले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?