दार्चुला । भगौलिक रुपमा विकट दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर ३ स्याउखानी घाँजिरमा नेपाल टेलिकमले सेवा विस्तार गरेको छ । फोन गर्न टावर समेत नटिप्ने अपिहिमाल गाउँपालिका वडा नम्बर ३ को स्याउखानीमा थ्रि जी टावर निर्माण गरेर सेवा सूचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले बताउनुभयो ।

फोन गर्नका लागि डाँडा खोज्नुपर्ने अपिहिमालको वडा नम्बर ३ मा सञ्चार सेवा सूचारु भएसंगै स्थानीय सेवाग्राही खुसी भएका छन् । अपिहिमालका स्थानीय बसन्त सिँह ठेकरेले टावर जडान भएकोमा खुसी व्यक्त गर्दै सबैले सेवा पाउन सकुन भन्ने शुभेच्छ्या व्यक्त गर्नुभएको छ । यसअघि नेपाल टेलिकम दार्चुलाले जिल्लाभरी २५ वटा टावर निर्माण गरेर सेवा दिइरहेको छ । अपिहिमाल गाउँपालिकाको सितोलामा समेत टावर निर्माण भइरहेको छ ।

जिल्लाभरी २५ टावरबाट नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा प्रवाह गरिरहेको भएपनि भगौलिक विकटता, विद्युत अभाव लगायत समस्याका कारण अधिकासं नागरिक सेवाबाट बञ्चित रहेका छन् । लेकम क्षेत्रमा दिउँसो मात्रै फोन लाग्ने र बिहान, बेलुकी तथा रातीको समयमा फोन गर्न समेत टावरले काम नगर्ने गरेको सेवाग्राहीको चर्को गुनासो छ । सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासंगै इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने तिब्र गतिमा बृद्धि भइरहेको टेलिकम दार्चुलाको दाबी छ ।

नेपाल टेलिकमले दार्चुलाले जिल्लाभरी १२ वटा टावरबाट चौथो पुस्ताको इन्टरनेट तथा फोर जी सेवा दिइरहेको जनाएको छ । दार्चुला सदरमुकाम खलंगालगायत ग्रामिण भेगमा पनि टेलिकमको फोर जी सेवा पुगेको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल टेलिकमको दार्चुला सदरमुकाम क्षेत्रको बागांबगर र खलंगा स्थित कार्यालय नजिकैको टावरबाट फोर जी सेवा प्रवाह भइरहेको छ । यसैगरी पस्ती, आगर, गोकुलेश्वर, कुचाकोट, ऐरिछाना, उल्लेनी, धाप, रानीशिखर, खण्डेश्वरी र सिप्टी गरी हालसम्म १२ वटा टावरहरुबाट फोर जी सेवा प्रवाह भइरहेको गुरुङले बताउनुभयो । फोर जी को टावर कभरेज भएको स्थानमा उच्चगतिको इन्टरनेट सेवा प्रवाह भइरहेको भएपनि जिल्लाको अधिकासं भूगोल र जनसंख्या अझैपनि प्रभावकारी सञ्चारको पहुँच बाहिर रहेको छ ।

टेलिकमले जिल्लाभरी आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतीको काम गरिरहेको छ । अहिले नौगाडको धुलिगडा र अपिहिमालको सितोलामा टावर निर्माणाधिन अवस्थामा रहेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ । १२ टावरबाट फोर जी र बाकी १४ टावरबाट टु जी र थ्रि जी सेवा प्रवाह भइरहेको टेलिकम दार्चुलाका प्राविधिक प्रलाद अधिकारीले बताउनुभयो ।

रातीको समयमा फोन नलाग्ने समस्या दार्चुलाको लेकम क्षेत्रमा दिउँसो मात्रै मोबाइल नेटवर्कले काम गर्ने र बिहान, बेलुकी तथा रातीको समयमा नेटवर्क अभावमा फोन सम्पर्कबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको लेकम गाउँपालिका–३ लाली का स्थानीय डम्बर भण्डारीले गुनासो गर्नुभयो । टेलिकमको कैनोडास्थित टावरसम्म विद्युतिकरण नहुदा घाम अस्ताएसंगै नेटवर्क समेत हराउने गरेको स्थानीयको गुनासो छ । लेकम गाउँपालिकाकाको केन्द्र खरकडासहित अधिकासं वडामा अहिले पनि रातीको समयमा फोन सेवाबाट बञ्चित हुनुपर्ने अवस्था कायमै रहेको छ ।

दार्चुला जिल्लाभरी सिडिएमए (स्काई) का ३४ हजार पाँच सय र जिएसएम (नमस्ते) का ४८ हजार गरी कुल ८२ हजार पाँच सय सिमकार्ड प्रयोगकर्ता छन् । यस्तै सात सय ७६ जनाले ल्याण्डलाइन टेलिफोन सेवा पाएकोमा चार सय ८९ जनाले एडिसिएल इन्टरनेट प्रयोग गर्ने गरेको प्राविधिक प्रलाद अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?