बिर्तामोडमा सार्वजनिक भयो चढ्नै पर्ने स्कुटर ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ स्कुटर

माघ २१ , २०७६

हाइ स्पिड नेपाल बिर्तामोड सम्बाददाता ,

दुई पाङग्रे र तीन पाङ्ग्रे सवारी साधनहरुका लागि प्रतिष्ठित टिभीएस मोटर कम्पनीले ‘टिभीएस एनटर्क १२५ रेस एडिसन’ मोडेल स्कुटर बिर्तामोडमा सार्वजनिक गरेको छ ।

नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मंगलबार बिर्तामोडको आधिकारिक विक्रेता पाथिभरा अटो लिंकबाट स्कुटर सार्बजनिक गरेको हो । स्कुटरको सार्वजनिक बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गरेका थिए ।

उक्त स्कुटरमा एलइडी डिआरएल र एलइडी हेडल्याम्प रहेको छ । यसमा हजार्ड ल्याम्प अथार्त आकस्मिक बत्ती पनि छ जसले रातो रंगको हजार्ड स्वीचद्वारा इनेबल गर्न सकिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा पाथिभरा अटोलिङ्कका सञ्चालक सजेश शिवाकोटीको अध्यक्षता रहेको थियो । कार्यक्रममा विरता लेडी जेसिजकी अध्यक्ष सुस्मा पौडेल, महासचिव संगीता गिरी, मारवाडी य्ुवती मञ्चकी अधयक्ष मुनमुन अग्रवाल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाइ, कमपनीका विटिएल हेड समिर आचार्य, लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

२ लाख ४६ हजार ९ सय मूल्य रहेको स्कुटर सार्वजनिकका अवसरमा ६ वटा विक्री भइसकेको सञ्चालक शिवाकोटीले जानकारी दिए । सोही अवसरमा खरिदकर्तालाई स्कुटरको चावी हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?