२१  माघ २०७६,

हाइ स्पिड नेपाल काठमाडौं सम्बाददाता ,

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा आफ्नो
जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान
गर्ने व्यवस्था गरिएको छ । चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो
योजना ल्याइएको हो । यो योजना अन्तर्गत  सेवा लिन पर्यटकले जन्म दिन खुल्ने आधिकारिक
कागजात  टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर
महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल  साथि  रिसोर्ट  लगायतका पूर्वाधार निर्माण गरेरचन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ भन्ने कुरा कम्पनि ले जानकारी गराएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?