
मुम्बई । कोरोनाको त्रासका कारण भारत सरकारले देशभर लकडाउन गरेको छ । यस्तो अवस्थामा साना तथा ठुलापर्दाका सबै कलाकार घरभित्र सिमित हुन पुगेका छन् । लकडाउनका कारण फिल्म तथा टिभी सिरियलका सबै प्रकारका सुटिङ लगायतका काम समेत स्थगित भएका छन् । यो समय अधिकांश कलाकार सामाजिक सञ्जालमार्फत नै फ्यानसँग जोडिने गरेका छन् ।
इन्स्टाग्राममा सक्रिय अभिनेत्रीहरु मध्यमा ऋचा चड्ढा पनि एक हुन् । उनी लकडाउनको समय सदपयोग गर्दै घरमा बेली डान्स सिकिरहेकी छन् । उनी आफैंले सामाजिक सञ्जालमार्फत आफुले बेली डान्स सिकिरहेको जानकारी दिएकी हुन् ।
ऋचाले बेली डान्स सिक्दै गरेको आफ्नो एक भिडियो समेत सामाजिक सञ्जालमार्फत शेयर गर्दै लेखेकी छन् ‘म अहिले नयाँ कला सिक्दैछु ।’ ऋचाले सामाजिक सञ्जालमार्फत शेयर गरेको भिडियो अहिले भाइरल भइरहेको छ । भिडियो तथा ऋचाको पोष्टलाई धेरैले प्रतिक्रिया समेत जनाएका छन् ।

विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।