दार्चुला । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७÷०७८ को बजेट सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री डा. खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक गर्नुभएको हो ।

बजेटबाट दार्चुलाका स्थानीय तहहरुले समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक अनुदान र विशेष अनुदान गरी २ अर्ब ७५ करोड २९ लाख रकम प्राप्त गरेका छन् ।

महाकाली नगरपालिकाले समानिकरण अनुदान १३ करोड ४ लाख, सशर्त अनुदान २५ करोड २६ लाख, समपुरक अनुदान ९७ लाख र विशेष अनुदान ३ करोड ५० लाख गरी कुल ४२ करोड ७७ लाख अनुदान पाएको छ ।

शैल्यशिखर नगरपालिकाले समानिकरण अनुदान १३ करोड १ लाख, सशर्त अनुदान २५ करोड ५४ लाख, समपुरक अनुदान ६७ लाख, विशेष अनुदान ७५ लाख गरी कुल ३७ करोड ९७ लाख अनुदान पाएको छ ।

अपिहिमाल गाउँपालिकाले समानिकरण अनुदान ६ करोड ९८ लाख, सशर्त अनुदान १४ करोड २६ लाख, समपुरक अनुदान ८० लाख, विशेष अनुदान २ करोड ५० लाख गरी कुल २५ करोड ५४ लाख अनुदान पाएको छ ।

मार्मा गाउँपालिकाले समानिकरण अनुदान १० करोड ३० लाख, सशर्त अनुदान १९ करोड ४२ लाख, समपुरक अनुदान २ करोड ४७ लाख र विशेष अनुदान ४ करोड १० लाख गरी कुल ३६ करोड २९ लाख अनुदान पाएको छ ।

नौगाड गाउँपालिकाले समानिकरण अनुदान १० करोड ३५लाख, सशर्त अनुदान १७ करोड ९ लाख, समपुरक अनुदान १ करोड १३ लाख र विशेष अनुदान २ करोड ५० लाख गरी कुल ३१ करोड ७ लाख अनुदान पाएको छ ।

लेकम गाउँपालिकाले समानिकरण अनुदान १० करोड २८ लाख, सशर्त अनुदान २० करोड १३ लाख, विशेष अनुदान १ करोड ५० लाख गरी कुल ३१ करोड ९१ लाख अनुदान प्राप्त गरेको छ ।

मालिकार्जुन गाउँपालिकाले समानिकरण अनुदान १० करोड ६५ लाख, सशर्त अनुदान २० करोड ८० लाख, समपुरक अनुदान १८ लाख र विशेष अनुदान २ करोड गरी कुल ३३ करोड ६३ लाख अनुदान प्राप्त गरेको छ ।

दुहुँ गाउँपालिकाले समानिकरण अनुदान ८ करोड ८४ लाख, सशर्त अनुदान १२ करोड ६१ लाख, विशेष अनुदान ९० लाख गरी कुल २२ करोड ३५ लाख अनुदान प्राप्त गरेको छ ।

व्याँस गाउँपालिकाले समानिकरण अनुदान ८ करोड ६० लाख, सशर्त अनुदान १३ करोड ३१ लाख र विशेष अनुदान १ करोड ७५ लाख गरी कुल २३ करोड ६६ लाख अनुदान प्राप्त गरेको छ ।

दार्चुलाका नौँ वटै स्थानीय तहले संघिय सरकारबाट २ अर्ब ७५ करोड २९ लाख अनुदान प्राप्त गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?