
दार्चुला । कालापानी नेपालको मुटु हो, काठमाण्डौँलाई कालापानी किन दुख्दैन भनेर सञ्चारमाध्यम र सदनमा आवाज उठाउँने स्वर्गिय नेता प्रेम सिह धामीको शनिबार (आज) तेइसौँ स्मृति दिवस मनाइएको छ । २००९ साल भदौ २९ गते जन्मीएर जागीरे जीवन हुदै बहुदल स्थापना भएपछि खुला राजनीतिमा होमिएका देशभक्त नेता स्वर्गिय धामीको २३ औँ स्मृति दिवसका अवसरमा उहाँको योगदान र सपनाहरुको सम्झना गर्दै अन्तरक्रिया, शालिकमा माल्यार्पण, दिप प्रज्वलन जस्ता कार्यक्रम गरिएको छ ।
स्वर्गिय नेता धामीको जन्मस्थल मालिकार्जुन, शैल्यशिखर नगरपालिकाको केन्द्र गोकुलेश्वर र दार्चुला सदरमुकाम खलंगामा स्मृति दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ । गोकुलेश्वरमा नेकपा र अनेरास्ववियुको आयोजनामा प्रेमसिह धामीको बिचार माथि छलफल एबं अन्तरक्रिया गरिएको अनेरास्ववियु नगर इन्चार्ज राजेशसिह बिष्टले जानकारी दिनुभयो । दार्चुला सदरमुकाम खलंगास्थित शालिकमा समेत दिप प्रज्वलन गरि स्वर्गिय नेता धामीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको अनेरास्ववियुका नेता दिपक जाेशीले जानकारी दिनुभयाे ।
दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ साबिकको मालिकार्जुन गाबिस वडा नम्बर ८ प्रेमनगर भौतडी, घट्ट गाउँमा जन्मीएका धामीले नेपालको राष्ट्रियता, जिल्लाको विकास र दार्चुलाको राजनीतिक पहुच केन्द्रसम्म बिस्तार गर्न ठुलो योगदान पुर्याउनुभएको छ । धामीले २०५१ सालमा सम्पन्न प्रतिनिधिसभाको मध्यावधिक निर्बाचनमा विजयी हुदै संसदमा प्रतिनिधित्व गर्नुभयो । साथै २०५१ सालमा पहिलोपटक मनमोहन अधिकारीको नेतृत्वमा गठन भएको ९ महिने कम्युनिष्ट सरकारमा आवास तथा भौतिक योजना राज्यमन्त्रीको महत्तपुर्ण जिम्मेवारी समेत प्राप्त गर्नुभयो ।
१५ सदस्यिय मन्त्रीमन्डलमा राज्यमन्त्रीको भुमिका समेत सफलतापुर्बक बहन गर्नुभएका नेता धामीले विकाससंगै राष्ट्रियताको रक्षाका खातीर पटकपटक आवाज उठाएर राष्ट्रिय राजनीतिमा चर्चा समेत कमाउँन सफल हुनुभयो । ९ महिनामा सरकार बिगठन भएको केहि समयपछि नेपालमा तत्कालीन नेकपा माओवादीले सशस्त्र संघर्ष शुरु गर्यो । धामीले २०५३ सालमा माओवादी समस्या समाधान अध्ययन कार्यदलको संयोजक भएर काम गर्नुभयो ।
राष्ट्रियताको खातिर बलिदान दिनुपरेपनि पछि नपर्ने स्वभावका स्वाभिमानी बिचारक धामीको २०५४ साल भदौ २७ गते आजकै दिन गाडी दुर्घटनामा परि नुवाकोट जिल्लाको साबिकको मदानपुर गाबिस ३ क्युरिनिभिरमा असामयिक निधन हुनपुग्यो । धामीको भौतिक शरीर २०५४ सालमा क्षति भएपनि उहाँले दार्चुला लगायत समग्र सुदूरपश्चिम प्रदेशको विकास र नेपालको राष्ट्रियताको लागी पुर्याएको योगदान अहिलेपनि सम्झनामा छ ।
थप जानकारीका लागि तलकाे समाचार पढ्नुहाेस