नेता ठगुन्नाको जन्मगाउँमा शोकसभा, प्रधानमन्त्री र बरिष्ट नेताद्धारा श्रद्धाञ्जली व्यक्त

दार्चुलाको कम्युनिष्ट तथा बामपन्थी आन्दोलनका संस्थापक नेता एवं तत्कालिन नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य बीरबहादुर ठगुन्नाको बुधवार निधन भएपछि उहाँको जन्मगाउँदेखि जिल्ला र केन्द्रसम्म शोकसभाको आयोजना गरिएको छ ।

शुक्रबार उहाँ जन्मेको गाउँ नौगाड गाउँपालिकाको वडा नम्बर २ को सुण्डमुण्डमा रहेको केदारेश्वरी माविको प्राङगणमा शोकसभाको आयोजना गरीएको छ । नेकपा वडा कमिटी सचिव रुकुम सिह डोवालको अध्यक्षतामा आयोजित शोक सभामा नेपका जिल्ला कमिटी सदस्य चरन सिह बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । नौगाड गाउँकमिटीले आयोजना गरेको कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बीरबहादुर ठगुन्नाको आदर्श र सपनाहरु पुरा गर्नु पर्ने धारणा राख्नुभयो ।

शोक शभामा नेकपा केन्द्रिय कमिटी सदस्य एबं दार्चुलाबाट निर्वाचित प्रतिनिधी सभा सदस्य गणेश सिह ठगुन्ना, प्रदेश सभा सदस्य मान बहादुर धामीले फोन बाटै शोक मन्तब्य राख्नुभएको छ ।

शोक सभामा नेकपाका नौगाड गाउँपालिका इन्चार्ज धनीराम ठगुन्ना, नेकपा नौगाड गाउँपालिका कमिटी अध्यक्ष नारायण सिह ठगुन्ना, उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्ना, अनेरास्ववीयू दार्चुलाका संयोजक आनसिह बडाल लगायतका नेता कार्यकर्ता र सुभचिन्तकहरुको उपस्थित रहेको थियो ।

यसैबिच नेकपा नेता बीरबहादुर ठगुन्नाको निधनमा नेकपा अध्यक्ष एबं प्रधानमन्त्री केपी सर्मा ओली, नेकपा बरिष्ट नेता माधब कुमार नेपाल लगायत नेताहरुले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तब्ध परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

No description available.

No description available.

सम्बन्धित :

नेता ठगुन्नाको अन्त्यष्टी, गाउँगाउँमा शोक सभा, दार्चुलामा १३ दिनसम्म पार्टी झण्डा झुकाइने

नेकपा नेता बीरबहादुर ठगुन्नाको पशुपति आर्यघाटमा अन्त्यष्टी (भिडियोसहित)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?