अदालतबाट साधारण तारेखमा छुटेपछि पूर्व भूमिसुधारमन्त्री चन्द्रदेब जोशीले सहयोगी र शुभेच्छुक सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशीलाई दोषि ठहर गरेर अक्तियारले मुद्धा हालेपनि जग्गा प्रकरणको पृष्ठभूमि, उहाँको सामाजिक पृष्ठभूमि तथा जीवनशैली लगायत कुरालाई ध्यानमा राखेर साधारण तारेखमा छुट्नुभएको छ ।




