दार्चुला । विद्युतीकरण माग गर्दै शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानीयहरु थप आन्दोलित बनेका छन् ।
पटक पटक गाउँमा विद्युतिकरणको लागी माग गर्दा समेत विद्युतीकरणमा कुनै निकायले चाँसो नदेखाएको भन्दै स्थानीयहरुले महाकाली लोकमार्गको गोकुलेश्वर खलंगा सडक खण्डको पनेबाँजमा आज बिहानदेखि चक्का जाम गरेकोमा स्थानीय तह प्रमुखहरुको रहोबरमा सडक खुलाइएको छ ।
शैल्यशिखर नगरप्रमुख अमरसिह धामी, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, सुरक्षाकर्मी, संघर्ष समिति संयोजक जगदीशसिह धामीको रहोबरमा तीन बुदे सम्झौता गरि राजमार्ग सुचारु गरिएको छ । नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय अत्तरीयाका निर्देशक जगदिशचन्द्र जोशीको मौखिक अनुरोध अनुसार मिति २०७७ मंसिर १६ गतेदेखि ठेक्का सम्झौता अनुसार काम शुरु गर्ने, शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाभित्र मेन लाइनमा यहि मंसिर महिनाभित्र र शाखा लाइनहरुमा पुष मसान्तभित्र बिजुली बत्ति बाली सक्ने गरी सशमति गरिएको स्थानीय गणेशसिंह धामीले जानकारी दिनुभयो ।
सम्झौता अनुसार काम नभएमा संघर्ष समिति, स्थानीय सरकार एबं सरोकार पक्ष संघर्षमा जाने निर्णय गरिएको धामीले बताउनुभयो ।
शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाका स्थानियहरुले लामो समयदेखि विद्यूतका पोल तार तानिए पनि बत्ती बाल्न नपाएको भन्दै स्थानीयहरुले यातायात बन्द गरेका थिए । मंसिर १२ गते एक घण्टा महाकाली लोकामर्ग गरेका उपभोक्ताहरुले चाँसो नदेखाएको भन्दै अनिश्चितकालिन चक्का जाम गर्ने तयारी सहित बिहान यातायात बन्द गरेको स्थानीय धामीले बताउनु भयो ।
विरामी, विद्यार्थी र यात्रुहरुको समस्यालाई मध्यनजर गरेर सरोकारवालाहरुसंग तत्काल विद्युतको काम थाल्ने शर्तमा आन्दोलनको कार्यक्रम स्थगित गरिएको संघर्ष समितिले जनाएको छ ।
सम्बन्धित समाचार
शैल्यशिखरमा विद्युतीकरणको माग गर्दै महाकाली लोकमार्ग अनिश्चितकालिन बन्द





प्रतिक्रिया