दार्चुला ।  संविधानमा संसदको कार्यकाल ५ वर्ष राखिएको छ । तर त्यस विपरित प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको छ

आइतबार बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

संसद विघटनको सिफारिस सँगै आम जनमानसमाअब के हुन्छ भन्ने चासो  बढेको छ । संविधानमा संसद विघटनसम्बन्धी प्रावधानबारे भने प्रष्ट खुलाइएको छैन ।

संविधानको धारा ८५ को १ मा ‘यस संविधान बमोजिम अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल ५ वर्षको हुनेछ’ भन्ने उल्लेख छ ।

संविधानको धारा ७६ को उपधारा ७ को ५ मा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरि ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनकोमिति तोक्न सक्ने जनाइएको छ ।

संसद विघटनको सिफारिसपछि प्रचण्ड बालुवाटारमा, स्थायी कमिटी बैठक अनिश्चित

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?