दार्चुला । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए । तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने बताउनुभयो ।
लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले समेत पुष्टि भएको उनीहरुले बताउनुभयो । सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।
पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।
यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
यसैबिच कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक सम्पन्न भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले भोलि (सोमबार) बाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको समेत जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस : दार्चुलाको सीमामा कडाइ, सबै पालिकामा आइसोलेसन सञ्चालन गर्न आग्रह
यो पनि पढ्नुहोस : पछिल्लो २४ घण्टामा तीन हजारभन्दा धेरैमा सङ्क्रमण, २८ जनाको मृत्यु
यो पनि पढ्नुहोस : भोलिबाट सुरु हुने सबै परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस





प्रतिक्रिया