सुदूरपश्चिममा २४ घण्टामा १४ संक्रमितको मृत्यु, थपिए ३४३ संक्रमित

दार्चुला । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

यो पनि पढ्नुहोस : दार्चुला घर भएका नेपाली सेनाका नायकको उपचारको क्रममा मृत्यु

यो पनि पढ्नुहोस : दार्चुलाका सात स्थानीय तहमा निषेधाज्ञा जारी, सक्रिय संक्रमित ७७ पुगे

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?