शैल्यशिखरका नगरप्रमुख धामीले आफूले चढ्ने गाडीमा बिरामी बोक्न दिने

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले आफूले चढ्ने गाडीमा बिरामी बोक्ने दिने घोषणा गर्नुभएको छ ।

कोरोना महामारी फैलिएपछि बिरामीको संख्या बढेको भन्दै नगरप्रमुख धामीले आफूले चढ्दै आएको म १ च ७२७ नम्बरको स्कारपियोलाई नि:शुल्क एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिने घोषणा गरेको नगरप्रमुख धामीका स्वकिय सचिव सुरेश बिष्टले जानकारी दिनुभयो ।

अस्पतालहरुमा भएका एम्बुलेन्स कोरोना संक्रमित बोक्नमा प्रयोग भएपछि कोरोना संक्रमित बाहेकका बिरामी बोक्न एम्बुलेन्स अभाव हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफूले चढ्दै आएको नगरपालिकाको स्कारपियो गाडीलाई एम्बुलेन्स प्रयोजनका लागि प्रयोग गर्न दिने नगरप्रमुख धामीले घोषणा गर्नुभएको छ ।

नगरपालिकाभित्र कसैलाई अफ्ट्यारो परेमा गाडी तयारी अवस्थामा राखिएकोले समस्या पर्ने बित्तिकै फोन गर्न नगरप्रमुख धामीले आग्रह गर्नुभयो ।

यसअघि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीले पनि कोरोना संक्रमित बाहेकका जिल्लाका बिरामीलाई बोक्नका लागि आफुले चढ्दै आएको गाडी एम्बुलेन्सका रुपमा उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

पछिल्लो समय देशका केहि स्थानीय तहका जनप्रतिनिधिले आफुले चढ्दै आएका गाडीलाई बिरामी बोक्नका लागि दिने घोषणा गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?