दार्चुला । दार्चुलामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गोकुलेश्वरका १५३ जनाको पीसीआर परीक्षण गर्दा २६ जना र एन्टिजेन परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सीआइसिटी सहजकर्ता सुरज सुजन बोहराले बताउनुभयो ।
संक्रमण पुष्टि हुनेमा शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरका २६ जना र दुहुँ गाउँपालिकाका १० जना रहेको उहाँले बताउनुभयो ।
गोकुलेश्वरका १ सय ५३ जनाको स्वाव संकलन गरि विहिबार पीसीआर परीक्षणका लागि बैतडी प्रयोगशाला पठाइएकोमा शनिबार र आइतबार आएको नतिजा अनुसार २६ जनामा संक्रमण पुष्टि भएको हो । शनिबार गोकुलेश्वर अस्पतालमा एक महिला र एक पुरुष संक्रमितको मृत्यु भएको थियो ।
यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९६ पुगेको छ । हालसम्म जिल्लाभित्र तीन जना र उपचारको क्रममा जिल्ला बाहिर चार जना गरी दार्चुलाका सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस : दार्चुलामा थप दुई कोरोना संक्रमितको मृत्यु





प्रतिक्रिया