दार्चुला । दार्चुलामा आज थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल दार्चुला, पुलघाट सिमानाका र महाकाली नगरपालिकामा गरिएको एन्टीजेन परिक्षणमा महकाली नगरपालिकाका सात जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सिआसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो ।
आज थपिएका सहिज दार्चुलामा दोस्रो लहर सुरु भए यता कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ सय १६ पुगेको उहाँले जानकारी दिनुभयो ।
संक्रमितमध्ये २४ जना निको भएका छन् । भने चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
यो पनि पढ्नुहोस : दार्चुला सदरमुकाममा ५० शैय्याकोे आईसोलेशन सेन्टर
यो पनि पढ्नुहोस : शैल्यशिखरमा २५ बेडको आइसोलेसन तयार





प्रतिक्रिया