दार्चुला । सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले महाकालीको तुइन फुकालिदिदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
सुरुमा १० दिनको समय तोकिएको थियो । तर घटनाको यथार्थ पत्ता लगाउन अझै केही समय लाग्ने भएकाले थप सात दिन समय थल्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।
छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । यो घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले मंगलबार सरकारलाई रुलिङ पनि गरेको छ । घटनाबारे आजसम्म पनि सत्यतथ्य छानविन गर्न नसकेको भन्दै राष्टिय सभामा सरकारको चर्को आलोचना समेत भएको छ ।
यो पनि पढ्नुहोस : छानविन समिति फर्कियो, ड्रोन क्यामरा अझै प्रयोग भएन
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया