सुर्य बिरही साउँदको मेरा गाउँ जाल्ली, मै जसी होल्ली गीत सार्वजनिक (भिडियो)

खडकसिंह धामी, दार्चुला । सुदूरपश्चिमेली गीतहरुमा चर्चा कमाउन सफल गायक सुर्य बिरही साउँदको खप्तड चिनारी (मेरा गाउँ जाल्ली मै जसी होल्ली) देउडा गीत सार्वजनिक भएको छ । सुदूरपश्चिमको चिनारी र विशेष गरि सुदूरपश्चिमका नौँ वटै जिल्ला र बाजुरा जिल्लामा पर्ने खप्तड पर्यटकीय क्षेत्रलाई समेटेर गीतमा शब्दहरु चयन गरिएका छन।

बसिवियालो म्युजिकद्वारा सार्वजनिक गरिएको म्युजिक भिडियोमा जनै पुर्णिामा, रक्षा बन्धन, क्वाटि खाने दिन तथा संकृत दिवसको महत्त्वपूर्ण दिनको अवसरमा खप्तड चिनारि टिकटकमा अत्याधिक रूचाईएको उक्त गीत सार्वजनिक गरिएको गायक सुर्य बिरही साउँदले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो। गीतमा सुर्य बिरही साउँ र सुदूरपश्चिमकै चर्चित गायिका गौरि भट्टको स्वर रहेको छ । सुदूरपश्चिमका धार्मिक कला संस्कृतिले भरिपुर्ण पर्यटकिय स्थलहरु र बिशेष गरि खप्तड क्षेत्रमा सुटिङ गरिएको गीतको म्युजिक भिडियोमा गायक सुर्य विरही साउद र अनु खड्काको आर्कषक अभिनय देख्न सकिन्छ ।

भिडियो जनक सिंहले निर्देशन गरेका हुन, भने हरि महराले खिचेका हुन । भिडियो विवेक पाण्डेले सम्पादन गरेका हुन । यो गित टिक टकमा धेरै दर्शक श्रोताहरुले रुचाएका छन् । गीत सार्वजनिक भएपछि प्रतिक्रिया दिदै गायक साउँदले बिशेष सहयोगका लागि खप्तड क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति प्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँका यो भन्दा पहिला पुतलीका भेष, पृतीफूल सारिदे, धन्य माया जाल, आमा, म त भैंसी गोठालो लेकबेसी धाउँछु लगायतका थुप्रै सुदूरपश्चिमेली गीतहरुलाई स्रोताहरुले अत्याधिक रुचाएका छन।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?