दार्चुला । दार्चुलाका नवोदित मोडेल जोन बम (ललित) र नेपालकै चर्चित क्यामेरा म्यान करन चैसिरको टिम सुटिङका लागि दार्चुला आउन लागेको छ । दशैँ लगत्तै आफ्नै जिल्ला दार्चुलाका पर्यटकीय क्षेत्र ब्रमदह, सिद्धटोपी, राष्ट्रकै सातौ धाम मालिकार्जुन मन्दिर लगायतका स्थलहरुमा गीतका लागि भिडियो सुटिङ गर्नका लागि दार्चुला आउन लागेको कलाकार जोन बमले रेडियो लोकदर्पणलाई जानकारी दिनुभयो।
नेपाल भित्रका थुप्रै ठाउँका दृश्यहरुमा मोडलिङ सुटिङ गरिसकेको छु, उहाँले भन्नुभयो, अब आफ्नै जन्मभूमी दार्चुला जिल्लाका रमाइला दृश्यहरु देखाउने र आफ्नै जिल्लाको चिनारी गर्ने उद्देश्यले हाम्रो टिम म्युजिक गीतहरुका भिडियोहरु सुटिङ गर्नका लागि दार्चुला जिल्ला आउन लागेको उहाँले बताउनुभयो । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ६ दाहुतीमा जन्मिनुभएका बम आजभन्दा डेढ वर्ष अगाडि निरन्तर म्युजिक भिडियोमा मोड्लिङ खेल्नमा सक्रिय रहनुभएको छ । झण्डै एक दर्जनभन्दा बढी म्युजिक भिडियोहरुमा कलाकारिता गरेका बम आफ्नै जिल्लाको चिनारीका लागि सुटिङ गर्न दार्चुला आउन लाग्नुभएको हो ।
सम्बन्धित समाचारः मोड्लिङ क्षेत्रमा जम्दै दार्चुलाका बम (भिडियोसहित)


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया