दार्चुला । दार्चुलामा नेकपा समाजवादी पार्टीको जिल्ला कमिटी गठन गरिएको छ । पदमसिह धामीको अध्यक्षता एबं नेकपा समाजवादीका केन्द्रिय कार्यालय सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज नरेन्द्र जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७१ सदस्यिय जिल्ला कमिटी गठन गरिएको हो ।
राजु कार्कीको नेतृत्वमा रहेको नेकपा समाजवादी करिब एक महिना पहिले निर्वाचन आयोगमा दर्ता भएको बताइएको छ । दार्चुला जिल्ला इन्चार्जको जिम्मेवारी दिल्लीराज बिष्टलाई दिइएको छ । यस्तै जिल्ला सचिव इश्वरसिह बोहरा, प्रशिक्षण विभाग प्रमुख दानसिह खत्री, महिला विभाग प्रमुख शान्ती पन्त, युवा संयोजक राजेन्द्र बोहरा चयन हुनुभएको छ । किम्तडीमा नेकपा समाजवादीको बैठक बसेको केन्द्रिय कार्यालय सदस्य जोशीले बताउनुभयो । जिल्ला कमिटीका अरु पदाधिकारीहरु पछि पदपुर्ती गरिने बताइएको छ ।
सम्बन्धित समाचार: नेकपा एसको दार्चुला कमिटी भोली घोषणा हुने, अध्यक्ष माधव नेपाल लगायत नेताहरु आउदै
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया