दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर २ लामबगर स्थित घरको छत ढलान गर्ने क्रममा कार्तिक २१ गते करेन्ट लागेर सोही गाउँपालिका वडा नम्बर ४ बिम्थी बस्ने ३५ वर्षीय प्रेम महराको मृत्यु भएको भनिएको घटना संकास्पद देखिएको छ । महराको करेन्ट लागेर मृत्यु भएको भनिए पनि मृतकका आफन्तले घटना संकास्पद रहेको भन्दै प्रहरीमा सात जना विरुद्ध जाहेरी दिएका छन ।
मृतकका आफन्तले मृतक महरा सँगै छत ढलानमा संलग्न अन्य ब्याक्तिहरुलाई कुनै पनि किसिमको चोटपटक नलागेको भन्दै घटना संकास्पद रहेको भनेर इलाका प्रहरी कार्यालय लटिनाथमा जाहेरी दिएको बताइएको छ । मृतक महराले लगाएको टिसर्टमा रगत फेला परेपछि आफन्तले घटना संकास्पद रहेको भन्दै जाहेरी दिएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माले भने मृतकका आफन्तले जाहेरी दिएको सम्बन्धमा जानकारी नआएको बताउनुभयो । जाहेरी जिल्ला प्रहरी कार्यालयमा मात्रै दर्ता हुने भन्दै प्रहरीचौकी र इलाका प्रहरी कार्यालय मार्फत पनि दिन सकिने ब्यवस्था भएपनि हामीले यो समाचार तयार पार्दा सम्म जिल्ला प्रहरी कार्यालयमा जानकारी प्राप्त नभएको बताइएको छ ।
मृतकका आफन्तले सात जना विरुद्ध जाहेरी दिएपनि प्रहरीले भने हालसम्म ढलानमा सँलग्न कसैलाई पनि प्रक्राउ नगरेको बताइएको छ । प्रहरीले मृतक महराको शव तीन दिन पछि मंगलवार पोष्टमार्टमका लागी जिल्ला अस्पताल दार्चुला लगेको छ ।
सम्बन्धित समाचार: दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु, हत्या आशंकामा आफन्तले दिए निवेदन
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया