दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दार्चुलाको अधिवेशन आयोजक कमिटी बैठक बिहीबार सदरमुकाम खलंगामा बसेको छ । आसन्न अधिवेशनको तयारीस्वरुप एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशीको अध्यक्षता एबं नेकपा एमाले कन्द्रिय सदस्य एवं सुदूरपश्चिम प्रदेश कमिटी सह–इन्चार्ज गणेशसिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।
बैठकमा स्थानीय तहको पार्टी गतिविधिको रिपोर्टिङ, आठौँ जिल्ला अधिवेशनको तयारी तथा व्यवस्थापन, संगठित सदस्यता नविकरण, नयाँ सदस्यता तथा छुट सदस्यको एकिन, जिल्ला सचिवालय बैठकका निर्णय अनुमोदन, राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट, अन्तरपार्टी निर्देशन लगायतको विषयमा छलफल भएको अधिवेसन आयोजक कमिटी सदस्य खेमराज जोशीले बताउनुभयो । बुधबारसम्म दार्चुलामा ६ हजार ५१६ जना संगठित सदस्य रहेको जनाएको छ । जसअनुसार जिल्लाबाट ६ जना पुरुष, ४ जना महिला र २ जना दलित प्रतिनिधि केन्द्रीय महाधिवेशन प्रतिनिधि छनौट हुने उहाँले बताउनुभयो ।
संगठित सदस्यहरुको विवरण आज राती १२ बजे भित्र पठाई सक्ने निर्णय गरिएको छ । बैठकले महाधिवेशन प्रतिनिधि छनौटको लागि उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ता लिन शुक्रबारसम्मको समय दिएको छ । प्रदेश कमिटीमा दार्चुलाबाट मनोनयन भएका ९ जना सदस्यहरुलाई प्रमुख अतिथिबाट सपथ ग्रहण गराइएको उहाँले बताउनुभयो ।
महाधिवेशन प्रतिनिधिको निर्वाचनका लागि निर्वाचन मण्डल गठन गरिएको छ । दार्चुला बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख कृष्णसिह साउदको संयोजकत्वमा पत्रकार पदम बडाल र नरेन्द्र कार्की सदस्य रहेको निर्वाचन मण्डल गठन गरेर निर्वाचनको सम्पुर्ण जिम्मा निर्वाचन मण्डललाई दिने निर्णय गरिएको एमाले प्रदेश कमिटी सदस्य हरदेब जोशीले बताउनुभयो । जिल्ला अधिबेशन महाधिवेशनपछि हुने बताइएको छ ।
महाधिवेशन प्रतिनिधिमा दार्चुलाबाट सहभागी हुने संख्या ६ जना पुरुष, ४ जना महिला, २ जना दलित गरी जम्मा १२ जना रहेको छ । जिल्ला अधिवेसन आयोजक कमिटीको बैठक कात्तिक २७ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको उहाँले बताउनुभयो ।
दार्चुलाका थप ९ जना एमाले नेताहरु पार्टीको प्रदेश कमिटिमा थपिएका छन् । मंगलबार धनगढीमा आयोजित प्रदेश कमिटीको बैठकले दार्चुलाका नौँ जनालाई प्रदेश कमिटी सदस्यमा चयन गरेको हो । यसअघि दार्चुलाबाट गणेशसिह ठगुन्ना प्रदेश कमिटी सहइन्चार्ज, रामदत्त जोशी पदेन सदस्य, हरदेब जोशी, दुर्गा धामी, लालबहादुर विश्वकर्मा प्रदेश कमिटी सदस्य थिए । मंगलबार जहेन्द्र ऐतवाल, गेल्बुसिह बोहरा, नरेन्द्र तिकंरी, पदमराज पन्त, गगनसिह धामी, बिना ठगुन्ना, मोहनसिह धामी, देबसिह महर र गणेशसिह धामी प्रदेश कमिटीमा थपिएका हुन् ।
सम्बन्धित समाचार: दार्चुलाका थप ९ जना एमाले नेता प्रदेश कमिटीमा थपिए

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया