दार्चुला । चितवनमा जारी नेकपा (एमाले) को राष्ट्रिय महाधिवेशनमा सहभागी हुन दार्चुलाबाट १२ जना महाधिवेसन प्रतिनिधिसहित एक सय बढी नेता कार्यकर्ता चितवनमा छन् । विभिन्न सवारीसाधनको प्रयोग गरेर नेताहरु एमालेको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन चितवन गएका हुन् । अधिकासं नेता, कार्यकर्ता विहिबार नै चितवन पुगेका थिए ।
दार्चुलाबाट नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १२ जना प्रतिनिधि सहभागि छन् । दार्चुलाबाट पुरुष खुलातर्फ ६ जना, महिला ४ जना र दलित २ जना गरी १२ जना महाधिवेसन प्रतिनिधि छनौट भएका थिए । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रेमसिह धामी, देवसिह महर, प्रदेश कमिटी सदस्य हरदेव जोशी, प्रदेशसभा सदस्य गेल्बुसिह बोहरा, अपिहिमाल गाउँपालिका उपाध्यक्ष उर्मिला बोहरा, प्रदेश कमिटी सदस्य दुर्गादेवी धामी, जिल्ला कमिटी सदस्य गौरी बडाल, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी (मेनका), प्रदेश कमिटी सदस्य लालबहादुर विश्वकर्मा र जिल्ला कमिटी सचिवालय सदस्य दानीराम पार्की प्रतिनिधि छनोट भएका थिए । प्रतिनिधिबाहेकका युवा देखि जिल्ला नेताहरु समेत चितवन पुगेका हुन । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एबं सासंद गणेशसिंह ठगुन्ना आयोजक समिति सदस्य एबं पदेन सदस्य रहने व्यवस्था छ ।
नेता तथा कार्यकर्ताहरु आफ्नो–आफ्नो व्यक्तिगत खर्चमा चितवन पुगेको एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । शुक्रबार महाधिवेसन उद्घाटन सत्रमा सहभागि भएका नेताहरु चितवन घुमेर गृहजिल्ला फर्किने उहाँले बताउनुभयो । राष्ट्रिय महाधिवेशन सफल पार्न आफुहरु चितवन पुगेको नेताहरुले बताएका छन् । एमालेको आजदेखि बन्द सत्र सुरु हुदैछ । बन्द सत्रबाट नेतृत्व चयन हुनेछ । दार्चुलाबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज समेत रहनुभएका गणेशसिंह ठगुन्ना र प्रदेश कमिटी सदस्य हरदेब जोशीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी छ । नेता ठगुन्नाले पदाधिकारीमा उठ्ने चाहाना राखेपनि सहमतिमै नेतृत्व चयन गर्ने केन्द्रीय नेतृत्वको प्रस्तावपछि पार्टी एकताको लागि सदस्यमै दोहोरिन तयार हुनुभएको बताइएको छ । ठगुन्ना नबौँ महाधिवेसनबाट समेत एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभएको थियो ।
सम्बधित समाचारः एमाले नेता गणेश ठगुन्नाद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी
सम्बन्धित समाचार: एमालेमा दुई उपाध्यक्ष र दुई उपमहासचिव थपिदै, पोलिटब्युरो ब्युतिने
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया