दार्चुलाबाट कांग्रेशको महाधिवेसन प्रतिनिधिमा २५ जना बिजयी, ३४ पराजित (नतिजा हेर्नुहोस)

दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेसनका लागि दार्चुलाबाट महाधिवेशन प्रतिनिधिमा ५९ जनाको उम्मेदवारी परेकोमा निर्वाचनमार्फत २५ जना चयन भएका छन् । २५ जना महाधिवेसन प्रतिनिधि छनोट गर्नुपर्नेमा सहमति नजुटेपछि निर्वाचनमार्फत प्रतिनिधि चयन गरिएको हो । २५ जना महाधिवेसन प्रतिनिधि छनोट हुदा ३४ जना पराजित भएका हुन । दलित प्रतिनिधितर्फ कांग्रेश दार्चुलाका निर्वतमान सचिव समेत रहनुभएका गोबर्धन कोली निर्विरोध चयन हुनुभएको थियो ।

महिला प्रत्यक्षतर्फ ४ जना चयन गर्नुपर्नेमा ५ जनाबिच प्रतिस्पर्धा भएको थियो । महिलामा प्रत्यक्ष तर्फ यसोदा तिंकरी ५६७, शान्ति देवी बम ६८७, राजमती पाल ६८७, ईश्वरी जोशी ६६८ मत प्राप्त गरेर बिजयी हुनुभएको छ । ४८० मत मात्रै प्राप्त गर्नुभएकी सुदूरपश्चिम प्रदेश सभा सदस्य नन्द कुमारी बम महाधिवेसन प्रतिनिधिमा पराजित हुनुभएको छ ।

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट १० जना चयन गर्नुपर्नेमा २५ जनाबिच प्रतिस्पर्धा भएको थियो । महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्लाबाट बिजयी हुनेहरुमा सबैभन्दा बढी मत जगदिशबहादुर पाल, हरक बिष्ट, धिरेन्द्र साउद, सम्भुप्रसाद जोशी, बिक्रमसिह धामी, गणेशराज भट्ट, महादेब बडू, केशरसिह भण्डारी, दिलिपसिह बुढाथोकी, नरेन्द्रसिह धामी रहेका छन् । कांग्रेशका पुराना नेता मदन गिरी, गौरीशंकर गिरी लगायत १५ जना नेताहरु खुल्ला पुरुष प्रतिनिधिमा पराजित भएका छन् ।

महाधिवेशन प्रतिनिधि प्रत्यक्ष खुल्ला पुरुषबाट अम्बादत्त जोशीले २३५, ई. जयराज बिष्ट १४०, कर्णबहादुर बम २३८, केशरसिह भण्डारी ३८५, गणेशराज भट्ट ४५५, गणेशसिंह बुढाथोकी ११२, गोपालदत्त जोशी २७७, गौरीशंकर गिरी १४८, चन्द्रसिह सामन्त २८६, जगदिशबहादुर पाल ६१७, दानबहादुर बिष्ट १०४, दिलिपसिह बुढाथोकी ३८५, धिरेन्द्र साउद ५२१, नन्दनसिह बडाल ८१, नरेन्द्रसिंह धामी ३०९, मदन गिरी ३०४, महादेब बडू ४१८, मानसिह बुढाथोकी २७८, लालबहादुर धामी (क) २८४, लालसिह धामी (ख) २३३, लोकेन्द्रसिह लोथ्याल २१८, बिक्रमसिह धामी ४७६, सम्भुप्रसाद जोशी ५०४, सुरेन्द्रप्रसाद अवस्थी १७५ र हरकसिह बिष्ट ५२९ मत प्राप्त गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट ४ जना चयन गर्नुपर्नेमा ८ जनाबिच प्रतिस्पर्धा भएको थियो । महाधिवेशन प्रतिनिधि खस आर्य महिला समानुपातिकबाट देबकी देबि बोहरा, सुना बोहरा, आनन्दी पन्त भट्ट र सुना जोशी बिजयी भएका छन् । निर्वाचनमार्फत आनन्दी पन्त भट्टले ४१९, देबकी देबी बोहरा ५०७, द्रोपती डागा २०९, ललिता बम २९२, शान्ती धामी २८१, सुना जोशी ४१५, सुना बोहरा ४९६, संगिता चन्द ३७७ मत प्राप्त गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधि खसआर्य खुल्ला समानुपातिक पुरुषबाट ५ जना चयन गर्नुपर्नेमा १४ जनाबिच प्रतिस्पर्धा भएको थियो । करबिरसिह कार्की, गणेशदत्त बडू, सुरेन्द्रबहादुर बम, गोकर्णबहादुर चन्द र पदमराज पन्त बिजयी हुनुभएको छ । कर्णबहादुर खडायत २४३, करबिरसिह कार्की ४३५, कृष्णप्रसाद भट्ट क्षत्ती १६०, गणेशदत्त बडू ४०२, गोकर्ण बहादुर चन्द ३७६, दिवाकर जोशी २१७, धनसिह जागरी ३००, पदमराज पन्त ३४४, पुर्णसिह बोहरा ११७, मोहनदेब पन्त १४०, रमेशदत्त भट्ट २५९, बिरसिह साहु ७३, सुरेन्द्र अवस्थी २११, सुरेन्द्र बहादुर बम ३८३ मत प्राप्त गर्नुभएको छ ।

महाधिवेशन प्रतिनिधि अल्पसंख्यकबाट चक्रसिह ह्याकी ३२४, ओमप्रकाश तिकंरी २४५ र बिनोदसिह बोहरा २१९ मत प्राप्त भएको छ । यस्तै महाधिवेसन प्रतिनिधि अपागंतामा केशबराज बडू २२७ र बाशुदेब सिह ऐतबाल ३६५ र विष्णुदत्त मिश्र २२५ मत प्राप्त गर्नुभएको छ । अपांगबाट बाशुदेबसिह ऐतवाल र अल्पसंख्यकबाट चक्रसिह ह्याकी बिजयी हुनुभएको छ ।

सम्बन्धित समाचार: कांग्रेश दार्चुलाको सभापतिमा ललितसिंह बोहरा र सचिवमा पुलेन्द्रबहादुर कार्की दोब्बरबढी मतान्तरले विजयी 

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?