दार्चुला । नेकपा एमालेको दसौं महाधिवेशनबाट केपी शर्मा ओली फेरि अध्यक्षमा निर्वाचित हुनुभएको छ । मंगलबार दिउँसो आएको मतपरिणामअनुसार ओलीले अध्यक्षका अर्का उम्मेदवार भीम रावललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदमा केपी शर्मा ओलीले अध्यक्ष १८३७ मत हासिल गरेका छन् भने उनका प्रतिस्पर्धी भीम रावलले २२३ मत हासिल गरेका छन् । महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, ६ उपाध्यक्षमा निर्वाचित भएका अष्टलक्ष्मी शाक्यले १९७६, युवराज ज्ञवालीले १८४२, रामबहादुर थापा ‘बादल’ले १७६८, विष्णु पौडेलले १८५६, सुरेन्द्र पाण्डेले १९२५ र सुवास नेम्वाङले १८६५ मत हासिल गरेका छन् ।
महाधिवेशनबाट महासचिवमा शंकर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै, तीन उपमहासचिवमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन् ।
७ सचिवमा गोकर्ण विष्टले १९७४, छविलाल विश्वकर्माले १८०३, टोपबहादुर रायमाझीले १८०४, पदमा कुमारी अर्यालले १७९९, योगेश भट्टराईले १९६०, रघुवीर महासेठले १५०० र लेखराज भट्टले १७०४ मत हासिल गरेको जनाइएको छ ।
सम्बन्धित समाचार: नेकपा एमाले नेता गणेश ठगुन्ना केन्द्रीय सदस्यमा निर्वाचित, सुदूरपश्चिमबाट लेखराज बने सचिव
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया