लेकम गाउँपालिकामा दुई सरकार चलेका छनः नेता धामी

दार्चुला । नेकपा माओवादी केन्द्रका नेता एबं मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले लेकम गाउँपालिकामा दुई वटा सरकार चलेको टिप्पणी गर्नुभएको छ । आइतवार नेकपा माओवादी केन्द्रको लेकम गाउँपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्ने क्रममा नेता धामिले लेकम सरकारका जनप्रतिनिधिहरुले संबिधान अध्ययन नगरेको आरोप लगाउनुभयो । कार्यपालिका बहुमतको आड लिएर कांग्रेसका वडा अध्यक्षहरुले कानुन बाहिर गएर सरकार चलाउन खोजेको जस्तो देखिएको अध्यक्ष धामीको भनाई छ । उहाँले भन्नुभयो, यदि त्यस्तो हो भने तपाइहरुले संबिधान पढ्नु पर्दछ ।

संबिधानले कहि कतै पनि स्थानीय तहमा प्रतिपक्षको परिकल्पना गरेको छैन, नेता धामीले भन्नुभयो, लेकम गाउँपालिकाका जनप्रतिनिधिहरुलाई समानुपातिक बिकासको बारेमा मार्मा बाट सिक्न अनुरोध छ । लेकम गाउँपालिकामा कार्यरत एक जना प्राविधिक सहायकको करार सम्झौता थप नभएको विषयलाई लक्षित गर्दै उहाँले कसै पनि गरिबका छोराछोरीलाई फरक आस्था भएकै कारणले जागिरबाट हटाउनु गलत भएको धारणा राख्नुभयो ।

यस्तै सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले लेकमको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । सडक, विद्युत लगायत पुर्वाधारको विकासका लागि आफुहरुले काम गरिरहेको उहाँको भनाई छ ।

नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज लक्ष्मणदत्त जोशी (सुरज) ले लेकमलाई जोड्ने ऐरीछाना धनथला सडकको सुरुवात आफु सभासद भएको बेला भएको स्मरण गराउदै लेकमको विकासका लागि नेकपा माओबादी केन्द्र प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।

सम्बन्धित समाचार: दार्चुलाका सबै पालिकामा माओबादीको सम्मेलन सम्पन्न, लेकममा उमाकान्त बिष्ट अध्यक्ष चयन

सायद २ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?