दार्चुला । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आचारसंहिता लागू गर्दैछ । आज बिहीबार र भोलि शुक्रबार बस्ने आयोगको बैठकले आचारसंहिता लागू गर्ने निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख ३० गते सरकारले देशभर एक साथ स्थानीय तह निर्वाचन गर्ने घोषणा गरेको छ । आयोगका आयुक्त इश्वरी पौडेलले एक÷दुई दिनभित्र आचारसंहिता लागू गर्ने तयारीमा आयोग जुटेको जानकारी दिनुभयो । मतदानको कति दिन अगावैदेखि आचारसंहिता लागू हुने भन्ने उल्लेख नगरिए पनि आयोगले तोकेको मितिदेखि लागु हुने व्यवस्था ऐनमा रहेको पौडेलले बताउनुभयो ।
आसन्न निर्वाचनका हकमा भने करिब पैतीस दिन अगावैदेखि आयोगले आचारसंहिता लागू गर्न खोजेको हो । निर्वाचन आचारसंहिता लागू भएसँगै विभिन्न प्रतिबन्ध लगाइने छ भने निर्वाचनलाई प्रभाव पार्ने गतिविधि गर्न सरकारले पाउने छैन् ।
यसैबिच मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । अपरान्ह चार बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । मन्त्रिपरिषद आजको बैठकले विभिन्न निर्णय र नियुक्तिहरु गर्ने बताइएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि निर्वाचन आयोगले शुक्रवारदेखि आचारसंहिता लागू गर्दैछ । आचारसंहिता जारी भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न पाउने छैन । त्यसैले आजको बैठकले व्यापाक नियुक्तिको निर्णय गर्ने अनुमान गरिएको छ ।
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने गरिन्छ । निर्वाचन आचारसंहिताबारे आयोगले दलहरुको प्रतिवद्दता समेत लिइसकेको छ ।
सम्बन्धित समाचार: अधिवक्ता बन्दी कानुनमन्त्री नियुक्त, दिलेन्द्र बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया