दार्चुला घर भएका उद्योगमन्त्री दिलेन्द्र बडूद्वारा पदभार ग्रहण

दार्चुला । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पदभार ग्रहण गर्नुभएको छ। यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्दै आउनुभएका बडूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार उद्योग मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) नियुक्त हुनुभएको छ। प्रधानमन्त्री देउवाको सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बडूलाई कानुनबाट उद्योग मन्त्रालयमा नियुक्त गर्नुभएको हो। दुबैजनाले आजै पदभार ग्रहण गरेका छन् ।

यसअघि पटकपटक कानुन र राज्य मन्त्रीको जिम्मेवारी पाइसक्नुभएका मन्त्री बडू २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य चयन हुनुभएको थियो । बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्रि बन्नु भएको थियो । २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री बन्नुभएका मन्त्री बडू २०६२/६३ सालको जनआन्दोलन पश्चात गठन भएको सरकारको सूचना तथा संचार राज्यमन्त्री बन्नु भएको थियो ।

मन्त्री बडूले सोही समयमा तत्कालिन वनमन्त्री गोपाल राइको निधनपछि कार्यवाहक वन मन्त्रालयको समेत जिम्मेवारी वहन गर्नुभएको थियो । दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ मा जन्मिनुभएका बडूको जन्म २००९ सालमा भएको बताइएको छ ।

सम्बन्धित समाचार: अधिवक्ता बन्दी कानुनमन्त्री नियुक्त, दिलेन्द्र बडूले वाणिज्य मन्त्रालय सम्हाल्ने

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?