अपिहिमालमा एमालेले गाउँपालिका अध्यक्षमा मन्याल र उपाध्यक्षमा बोहरालाई दोहोर्याउने

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्षमा धर्मानन्द मन्याल (डिएन घाजिरेल) र उपाध्यक्षमा उर्मीला बोहरालाई दोहोर्याउने भएको छ । अपिहिमाल गाउँपालिकामा वहालवाला गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याललाई अध्यक्ष र उपाध्यक्ष उर्मिला बोहरालाई उपाध्यक्षमै दोहोर्याउने निर्णण गरिएको एमाले अपिहिमाल गाउँपालिका कमिटीले जनाएको छ ।

विद्यार्थी राजनीति हुँदै २०७४ सालमा अपिहिमाल गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएका मन्याल युवा नेता तथा प्रखरवक्ताका रुपचा चिनिनुहुन्छ । उपाध्यक्ष बोहरा एमाले जिल्ला कमिटी सदस्य तथा अनेमसंघ जिल्ला उपाध्यक्षको जिम्मेवारीमा समेत हुनुहुन्छ ।

दार्चुलामा नेकपा (एमाले) ले पहिलो चरणको चुनावी आमसभाहरु सम्पन्न गरेर उम्मेदवार छनोट गरिरहेको छ । शैल्यशिखर नगरपालिकामा एमालेको तर्फबाट विजयसिंह धामीलाई उम्मेदवार बनाउने सहमति भएको छ । नेकपा (एमाले) जिल्ला कमिटी सदस्य धामीलाई नगरप्रमुख पदमा उम्मेदवार बनाउने सहमति जुटेको एमाले प्रदेश कमिटी सदस्य एबं जिल्ला कमिटी पूर्वअध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । सर्वसहमतिमै मेयरको उम्मेदवारी टुगों लगाएका छौँ, नेता जोशीले भन्नुभयो, ‘शैल्यशिखरमा एमालेको विजय सुनिश्चित हुने ढंगले तयारी गरिरहेका छौँ ।’ शैल्यशिखरमा नगरप्रमुख पदका आकाक्षिं सबैले धामीलाई सहमति दिएको उहाँको भनाई छ ।

नौगाड गाउँपालिकामा नेकपा (एमाले) बाट गाउँपालिका अध्यक्ष पदका लागि एमाले जिल्ला कमिटी अध्यक्ष एबं वहालवाला गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र उपाध्यक्षमा जिल्ला कमिटी सदस्य एबं वहालवाला उपाध्यक्ष गौरीदेबी ठगुन्ना उम्मेदवार बन्ने भएका छन् । २०७४ सालको स्थानीय तह चुनावमा नौगाड गाउँपालिकाको अध्यक्षमा निर्वाचित धामी र उपाध्यक्षमा निर्वाचित ठगुन्नालाई नै उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा एमाले नौगाड गाउँकमिटीले जनाएको छ ।

एमालेले दुहुँ गाउँपालिकामा नरेन्द्रसिंह बडाललाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । आसन्न स्थानीय तहको निर्वाचनमा बडाललाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने सहमति जुटेको अध्यक्ष पदका आकांक्षि एबं जिल्ला कमिटी सदस्य उमेशराज जोशीले जानकारी दिनुभयो । बडाल २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेशका नेता पुलेन्द्रबहादुर कार्कीसंग पराजित हुनुभएको थियो । जिल्लाका अरु पालिकामा पनि सहमतिमै उम्मेदवार चयनबारे छलफल भइरहेको नेताहरुले बताएका छन् ।

अधिकासं वडामा सहमतिमै उम्मेदवार चयन
नेकपा (एमाले) दार्चुलाले अधिकासं वडामा सहमतिमै अध्यक्षका उमेद्धवारको टुङ्गो लगाएको छ । ६१ वडा रहेको दार्चुलामा ४० भन्दा बढी वडामा औपचारिक निर्णय भइसकेको, केही वडामा सहमति जुटेर निर्णय हुन बाँकी रहेको र केही वडामा उम्मेदवार टुगों लगाउने विषयमा छलफल भइरहेको एमाले जिल्ला कमिटी उपसचिव एबं प्रचार विभाग प्रमुख खडक वडालले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका–५ रिठाचौपातामा बल्देबसिंह बोहरा वडाअध्यक्षको उम्मेदवार चयन हुनुभएको छ । सदस्यहरुमा रेवाधर जोशी (देबराज), शंकर जोशी र सम्झना धमालाको उम्मेदवारी टुगिंएको लेकम ५ का वडाकमिटी अध्यक्ष केशवदत्त जोशीले जानकारी दिनुभयो । लेकमको वडा नम्बर ३ लालीमा सुरेशसिंह थापालाई वडाअध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको छ । विहिबार (आज) बसेको वडा कमिटी बैठकले उद्योग बाणिज्य संघ दार्चुलाका अध्यक्ष समेत रहनुभएका एमाले जिल्ला कमिटी सदस्य थापालाई वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति भएको हो । यसअघि लेकमको वडा नम्बर ४ मा पुष्पराज जोशीलाई वडाअध्यक्ष बनाउने सहमति भएको छ ।

अपिहिमाल गाउँपालिका–५ मा दिलिपसिंह धामी, वडा नम्बर ६ मा गामसिंह धामीलाइ वडाअध्यक्षको उम्मेदवार बनाउने सहमति भएको छ । व्यास गाउँपालिका–१ मा अशोकसिंह बोहरा र वडा नम्बर २ मा अस्पाल बुढाथोकीलाइ उमेदवार बनाउने निर्णय भएको छ । दुहुँ गाउँपालिका–१ मा जगं बहादुर बम, वडा नम्बर २ मा जमन बडाल, वडा नम्बर ३ मा देव वहादुर बम लाइ वडाअध्यक्षको उमेदवार बनाउने निर्णय भएको एमाले जिल्ला कमिटी सदस्य उमेशराज जोशीले बताउनुभयो ।

नौगाड गाउँपालिका–२ मा नारायनसिंह ठगुन्ना, वडा नम्बर ३ मा बिरसिंह बोहरा (बिरुभाइ), वडा नम्बर ४ मा कृष्ण धामी र वडा नम्बर ६ मा हर्कसिह ठगुन्नालाइ वडाध्यक्ष बनाउने सहमति भएको छ ।

दार्चुलाका दुई नगरपालिकामध्ये शैल्यशिखर नगरपालिकाले वडा नम्बर ५ र ६ बाहेक सात वटा वडामा वडाअध्यक्षका उमेदवारको टुंगो लागेको एमालेले जनाएको छ । वडा नम्बर १ मा भरतबहादुर खडायत, वडा नम्बर २ मा नरेन्द्र पाल, वडा नम्बर ३ मा पदम चन्द, वडा नम्बर ४ मा रामसिह ठगुन्ना, वडा नम्बर ७ मा पुष्पराज जोशी, वडा नम्बर ८ मा केशव राज जोशी र वडा नम्बर ९ मा प्रजापती पाण्डेयलाइ उम्मेदवार चयन गरिएको एमाले दार्चुलाका प्रचार विभाग सदस्य राजेश बिष्टले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकाका ५ वटा वडामा अध्यक्षका उमेदवारको टुंगो लगाइएको छ । वडा नम्बर ५ मा दिलेन्द्र अवस्थी, वडा नम्बर ६ मा विशनसिंह बोहरा, वडा नम्बर ७ मा सोवान रैखोला, वडा नम्बर ८ मा भवानसिंह धामी र वडा नम्बर ९ मा लोकबिक्रम सामन्तको नाम तय गरिएको महाकाली नगर कमिटीका अध्यक्ष नरसिंह चैसिरले बताउनुभयो ।

मार्मा र मालिकार्जुन गाउँपालिकामा भने वडा र पालिका कमिटी उम्मेदवार छनोटको विषयमा छलफल भइरहेकोे बताइएको छ । सबैजसो स्थानीय तहमा वडादेखि पालिकाका उम्मेदवार छनोटको विषयमा चैत २२ गतेदेखि छलफल भइरहेको एमाले दार्चुलाका अध्यक्ष प्रेमसिंह धामीले बताउनुभयो ।

नेकपा (एस) का जिल्ला सचिव एमालेमै फर्कीए

नेकपा (एकिकृत समाजवादी) का जिल्ला सचिव जनक डाँगा एमालेमै फर्कीनुभएको छ । शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै डाँगाले आफु नेकपा एमालेमै फर्किएको जानकारी गराउनुभएको हो ।

नेकपा (एस) दार्चुलाका सचिव डाँगाले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, ‘नेपालको बामपन्थी आन्दोलनमा २०५४ सादलेखि अनेरास्ववियु हुँदै नेकपा एमाले जिल्ला कमिटी दार्चुलाको सदस्य रहि पार्टी काम गर्दै आएको जानकारी सर्वविदितै छ । टुटफुट र विभाजनको बेला म नेकपा एकिकृत समाजवादीको जिल्ला सचिव रहि काम गरिरहेकोले म आजैका मितिबाट मेरो पुरानो मातृ पार्टी नेकपा एमालेमा समाहित भएको कुरा आम जनसमुदाय तथा पार्टी कार्यकर्तामा जानकारी गर्दछु ।’

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?