दार्चुला । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा नेकपा एमालेको चुनावी अभियान जिल्लाभरी भइरहेको एमाले जिल्ला कमिटी दार्चुलाले जनाएको छ । नेकपा एमालेका उम्मेदवारहरु खलंगाको आमसभा सकेर फेरी गाउँ पसेका छन्, जिल्ला कमिटी उपसचिव खडक वडालले भन्नुभयो, प्रतिनिधि सभाका उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशी सहितको टोली दुहुँ गाउँपालिका वडा नम्बर ३ को ब्रह्मदेव पुगेको छ । कार्तिक २० गते दुहुँ गाउँपालिकाको हिकिलामा हुने गाउँपालिका स्तरिय आमसभाका लागि ठगुन्ना नेतृत्वको टोली दुहुँ प्रवेश गरेको बताइएको छ । त्यस्तै प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार राम दत्त जोशी नेतृत्वको टोली शैल्यशिखर नगरपालिका फर्किएको छ । भुगोलका नेता र जनबर्गिय संगठनका नेता सहित उम्मेदवार राम दत्त जोशी निर्वाचन क्षेत्र फर्किएको उहाँले बताउनुभयो ।
एमालेबाट दार्चुलाका प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाले नेकपा एमालेको विजय सुनिश्चित रहेको दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, एमालेको विजय नेपाली जनताको विजय हुनेछ, नेपाल राष्टको विजय हुनेछ र एमालेले अघि सारेको सुखी नेपाली समृद्ध नेपालको अभियान सकार पार्ने बाँचा हुनेछ । त्यसैले नेकपा एमालेका उम्मेदवारहरुलाई प्रतिनिधिसभा र प्रदेशसभामा मतदान गर्न म सबै दार्चुलाबासी जनसमुदायमा अपिल गर्न चाहान्छु । राष्टियता र राष्टिय अस्मिताको सुरक्षा, विकास, समृद्धि र सामाजिक सुरक्षा समानताका लागि एमाले उम्मेदवारलाई विजयी गराउन ठगुन्नाले अनुरोध गर्नुभयो । हाम्रो झण्डै चार सय बर्गकिलोमिटर भूमि जुन सिगों भक्तपुर जिल्ला भन्दा ठूलो छ त्यो भूमि भारतले अतिक्रमण गरेको छ र फिर्ता ल्याउनुपर्ने कार्यभार हाम्रो काँधमा छ, उहाँले भन्नुभयो, नक्सामा समेटिएको भूमि फिर्ता ल्याउन एमालेको विजय आवश्यक छ ।
गठबन्धनलाई प्रश्न छ, उहाँले भन्नुभयो, दार्चुलाको विकासका लागि के गर्नुभयो र भोट माग्न जनताका बिचमा जादै हुनुहुन्छ । कार्यकर्ताले नबुझेपनि बुद्धिजिविहरुले दार्चुलाको विकास एमालेले मात्रै गरेको कुरा राम्रोसंग बुझेको हुनुपर्ने धारणा राख्नुभयो । दिलेन्द्र बडू सहभागि बर्तमान सरकारले दार्चुला तिकंर सडकबाट ४३ करोड बजेट कटौती गरेको र एमालेले सुरु गरेका अरु कतिपय लोकप्रिय कार्यक्रमहरु वर्तमान सरकारले कटौती गरेको छ । सडक, विमानस्थल, खानेपानी, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, विद्युत लगायत विकासको क्षेत्रमा एमालेले मात्रै विकास गरेको र कतिपय निर्माणाधिन अधुरा योजना आयोजना पुरा गर्नका लागि एमालेकै नेतृत्व आवश्यक रहेकोमा जोड दिनुभयो ।
मन्त्री दिलेन्द्रप्रसाद बडूलाई प्रश्न गर्दै ठगुन्नाले भन्नुभयो, आज माओबादीको काँधमा चढेर मार्मा क्षेत्र घुमिरहनुभएको छ तर मार्मा क्षेत्रको विकासका लागि एक लाख बजेट पनि अहिलेसम्म छुट्याउनुभएको छ की छैन ? अचम्म लागिरहेको छ एमालेको हातबाट क्रान्ति कम भयो भनेर परिवर्तनको आन्दोलनमा लागेका माओबादी नेताहरु भोट केमा रुखमा भन्दै हिडिरहेका छन्, उहाँले भन्नुभयो, तपाइहरुको माक्सबाद कांग्रेशलाई बाँधमा बोकेर पुजिपति बर्गको सेवा गर्नका लागि मात्रै थियो । पद र सत्ताका लागि कम्युनिष्ट आन्दोलन र सर्वजिबि जनताका सपना नबेच्न माओबादीलाई नेता ठगुन्नाले अनुरोध गर्नुभयो ।
प्रतिक्रियाबादी पार्टी, कांग्रेशजस्तो देशबेचुवा, विकासका नाममा सिन्को नभाच्ने पार्टीको पक्षमा नलाग्न अनुरोध गर्दै उहाँले माओबादी नेताहरु बेचिएपनि मतदातालाई नबेचिन अनुरोध गर्नुभयो । पटकपटक सत्तामा पुग्दा समेत मन्त्री बडूले जिल्लाको विकास नगरेको उहाँले बताउनुभयो । तथ्यमा आधारित भएर मतदान गर्न एमाले उम्मेदवारहरुले अनुरोध गरेका छन् । दुबै प्रदेश सभामा अढाइ हजार र प्रतिनिधिसभामा पाँच हजार बढी मतान्तरले एमाले उम्मेदवार दार्चुलामा चुनाव जित्ने दाबी ठगुन्नाले दोहोर्याउनुभएको छ । दार्चुलामा एमालेको विजय कसैले रोक्न नसक्ने उम्मेदवारहरुको दाबी छ ।
यस्तै प्रदेशसभा उम्मेदवार हरदेब जोशी र रामदत्त जोशीले दार्चुलासहित देशभर एमालेको पक्षमा मतदाता देखिएको बताउदै मत संरक्षणमा ध्यान दिन कार्यकर्ताहरुलाई अनुरोध गर्नुभयो । निर्वाचित भएपछि सिगों जिल्ला र जिल्लाबासी आम नागरिकको पक्षमा काम गर्ने उनिहरुको प्रतिवद्धता छ । निर्वाचित भएपछि दिनरात नभनी सबै क्षेत्रको पुर्वाधार र सामाजिक विकासका लागि आफु प्रतिवद्ध भएर काम गर्ने प्रदेशसभा उम्मेदवार रामदत्त जोशीले बताउनुभयो ।
शुक्रबार खलंगामा सम्पन्न एमालेको आमसभामा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरुले दार्चुलामा एमालेको जित सुनिश्चित रहेको दाबी गरेका थिए । ओलीले स्वर्गिय राष्टबादी नेता प्रेमसिंह धामीको शालिकमा माल्यार्पण गरेपछि आमसभामा सहभागि हुदैँ एमालेको पक्षमा जनसागर उर्लिएको दाबी गर्दै कांग्रेश नेता दिलेन्द्र प्रसाद बडूले अहिलै काठमाण्डौँमा गएर बस्दा हुने दाबी गर्नुभयो । जिल्लाको विकासका लागि कुनै काम नगर्ने, जितेपछि जिल्ला फर्केर नआउदा बडूले चुनाव जित्ने कुनै आधार नरहेको नेताहरुको धारणा थियो । कार्यक्रममा एमाले केन्द्रीय सचिव एबं प्रदेश इन्चार्ज लेखराज भट्टले जनताको उपस्थितिलाई देखाउदै दार्चुलाबाट एमालेको विजय सुनिश्चित भएको दाबी गर्नुभयो ।
एमाले अध्यक्ष ओलीलाई प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्ना, स्वर्गिय नेता प्रेमसिंह धामीका धर्मपत्नी नन्दादेबी धामी लगायतले अतिक्रमित भूमि कालापानीको ढुगां र माटो हस्तान्तरण गर्दै सीमा फिर्ता ल्याउन अनुरोध गरेका थिए । अध्यक्ष ओलीले सम्बोधनका क्रममा एक इन्च भूमि पनि मिच्न नदिइने र मिचिएको भूमि फिर्ता गरेरै छाड्ने दाबी गर्नुभयो । आमसभामा स्वर्गिय राष्टबादी नेता धामीका धर्मपत्नी नन्दादेबी धामी लगायतलाई सम्मान समेत गरिएको थियो । आमसभाको अवसरमा दार्चुलाका विभिन्न स्थानीय तहका ११४ जना नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेस गरेको बताइएको छ ।
सम्बन्धित समाचार: दार्चुलामा ११४ नेता, कार्यकर्ता एमाले प्रवेस (नामावलीसहित)
एमालेको चुनावी अभियान दार्चुलाबाट सुरु, अतिक्रमित भूमि फिर्ता ल्याएरै छोड्छौँः अध्यक्ष ओली


विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया