दार्चुलाको शैल्यशिखर र मालिकार्जुनमा दुई दिन बिदा

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ। राष्ट्रको प्रशिद्ध सातौं धाम मालिकार्जुन धाममा जात्रा भएकाले सार्वजनिक बिदा दिइएको दुवै स्थानीय तहहरुले सूचना प्रकाशन गर्दै जानकारी दिएका छन्।

आज शिखर पुजन जात्रा र भोलि मालिकार्जुन मन्दिरमा रात्री जात्रा लाग्ने भएकाले शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने सूचनामा उल्लेख गरिएको छ। मालिकार्जुन शिखर धाममा कार्तिक शुक्ल त्रयोदशीमा पुजन जात्रा र चतुर्दशीका दिन मन्दिरमा रात्री मेला लाग्ने गर्दछ।

जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन्। शैल्य मालिकार्जुनको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ।

मालिकार्जुन मन्दिरमा लाग्ने जात्रालाई शान्तपूर्ण रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । कसैले मदिराको कारोबार तथा सेवन गरेमा कानुन अनुसार कारवाही हुने मालिकार्जुन गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारः शैल्यशिखर पुजन जात्रा आज, भोलि मालिकार्जुनमा रात्री जात्रा, दुई दिन सार्वजनिक विदा

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?