महाकालीमा एकतर्फी तटबन्ध बनाएको विरोधमा नेपालले भारतलाई पठायो कुटनीतिक नोट

दार्चुला । नेपाल सरकारले भारतलाई महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनाधिकृत पक्की संरचना बनाएको विषयमा कूटनीतिक नोट पठाएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासलाई मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो ।

परराष्ट्रका ती अधिकारीका अनुसार भारतलाई पठाएको कूटनीतिक पत्राचारमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ । यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ ।

गृह मन्त्रालयले दार्चुलास्थित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त स्थलगत प्रतिवेदनसहित दीर्घकालीन प्रयासका लागि सोमबार साँझ परराष्ट्र मन्त्रालयलाइ चिठी लेखेको थियो । सो चिठीका आधारमा परराष्ट्रले भारतलाई कूटनीतिक नोट पठाएको जनाएको छ ।

नेपाललाई क्षति पुग्ने गरी महाकालीमा तटबन्ध निर्माण भएपछि दार्चुलामा स्थानीय बासिन्दाले विरोध गरेका थिए । महाकाली नदीबीचमा ग्याबिन जाली लगाएर भारतले तटबन्ध निर्माण गरेका कारण आइतबार तनाव उत्पन्न भएको थियो । स्थानीयले दुई देश जोड्ने झोलुंगे पुलमा तालाबन्दी समेत गरेका थिए भने वारीपारि ढुगां हानाहान भएको थियो ।

भारतीय कम्पनी अरुण कन्सट्रक्सनले सीमा नदी महाकालीको पानीको बहाब नेपालतर्फ फर्काएर तटबन्ध निर्माण गरेको विरोधमा स्थानीयले पुल बन्द गरेका थिए । उक्त स्थानमा एक किलोमिटर लम्बाइ र आठ मिटर चौडाइमा पक्की तटबन्ध निर्माण भइरहेको छ । भारतले नेपालले पठाएका कुटनीटिक नोटको जवाफ नै नदिएर एकतर्फी गतिविधि गरिराख्ने र नेपाल सरकार तथा नेपाली प्रशासन मुखदर्शक बन्ने गरेको नागरिकको गुनासो छ ।

सम्बन्धित समाचारः भारतको बलमिच्याइँविरुद्ध जनता आक्रोशित, दुबै देशका अधिकारीबिच छलफल (भिडियोसहित)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?