कविता “बार्दली”

हेरन बार्दली
हामी दुइको आँखादेखि संगै भागेका सपनाहरुको दुरी उस्तै नै छ
हामी दुइको संवेदन हुँदै संगै बगेका नदीहरुको रंग पनि उस्तै छ
(हुनसक्छ एउटा थोरै रातोगाढा र एउटा कंचन)
हामी दुइको छातिदेखि संगै बाफिएर उडेका बादल हरुको हैरानी उस्तै छ
आखिर हामी किन टाढा ?
हामी दुइको मन देखि संगै उठेका लहरहरुको चन्चलता पनि उस्तै छ!

तिमि कति मायालु बार्दली ?
हिजो आफैले बार्दली पुर्याए
आज आफैलाई बार्दली पुर्याए
दुइटा मुखले एउटै लड्डु खाए, आज त्यो पनि खोसे
कति प्यार गर्ने मलाइ यो बार्दली
बैंसमा सबै बलवान् छन तर अजम्बरी नठान
हामी दुबै मिलौँला मिलेर फेरी चिलौँला !

समय बलवान् छ है बार्दली
फुलको भाषा बोलेर पत्थरले बिन्ती नहान
पीडा लुकाएर हास्दैछु खुसी नठान
ए साथि हो म बार्दली पुगे है
प्रतिगमन हिजो हो आज सच्चिएछ बार्दली पीर नमान!

आहास् बार्दली
फक्रदो फुलको तरल बार्दली
बर्सदो बर्सात्को तरल बार्दली
बगिरहेको पानीको तरल बार्दली
हिडिरहेको बादलको तरल बार्दली
म जस्ता अभागिको भाग्य दिने सरल बार्दली
आहास् बार्दलीबाट हल्लिएको हातको मिठो सौन्दर्य
यथार्थत: सलल बग्दो समयको (ईतिहास कोर्लने अविरल बहाव) बार्दली!

सायद २ जना मानिसहरू र उभिएका मानिसहरू को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?