दार्चुलाको राष्ट्रपति रनिङ शिल्ड भोलि सम्पन्न हुने (सबै पालिकाले पाएको पदक हेर्नुहोस)

दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित शिवनगर खेलमैदानमा माघ २५ गतेबाट सञ्चालित १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल छात्र, छात्रा र कबड्डी छात्र बाहेक सबै खेल सम्पन्न भइसकेका छन् । खेलको पाचौँ दिन सम्मको नतिजा अनुसार महाकाली नगरपालिकाले करातेमा ११ सहित अन्य ७ गरि जम्मा १८ स्वर्ण, ३ रजत र ४ कास्य पदक पाप्त गरेको छ ।

मालिकार्जुन गाउँपालिकाले ७ स्वर्ण, ५ रजत र ६ कास्य पाप्त गर्दै द्धितीय स्थानमा रहेको छ । भने मार्मा गाउँपालिकाले ४ स्वर्ण, ६ रजत र २ कास्य पाप्त गरेको छ । शैल्यशिखर नगरपालिकाले अहिलेसम्म करातेमा १ स्वर्णसहित अन्य विधामा ३ गरि जम्मा ४ स्वर्ण, ३ रजत र ३ कास्य पाप्त गरेको छ ।

यस्तै लेकम गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ३ कास्य प्राप्त गरेको छ । नौगाड गाउँपालिकाले ४ स्वर्ण, ३ रजत र २ कास्य प्राप्त गरेको छ । यस्तै अपिहिमाल गाउँपालिकाले १ स्वर्ण, १ रजत र २ कास्य तथा दुहुँ गाउँपालिकाले १ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । हालसम्म व्याँस गाउँपालिकाले कुनैपनि पदक प्राप्त गर्न नसकेको आयोजकले जनाएको छ ।

आज सम्पन्न भएका ४ गुणा १०० रिले दौड छात्राहरुमा महाकाली प्रथम, मालिकार्जुन द्धितीय र लेकम तृतीय भएका छन् भने छात्रहरुमा नौगाड प्रथम, मालिकार्जुन द्धितीय र शैल्यशिखर तृतीय भएका छन् । ४ गुणा ४०० मिटर रिले दौड छात्रमा मालिकार्जुन प्रथम, शैल्यशिखर द्वितीय र नोगाड तृतीय र छात्रामा मार्मा प्रथम, मालिकार्जुन द्वितीय र लेकमले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् । यस्तै १०० मिटर दौड छात्रमा अनिल ठगुन्ना नौगाड प्रथम र शेरसिंह धामी द्वितीय, पारस बिष्ट मालिकार्जुन तृतीय र छात्रामा मालिकार्जुन बिमला चन्द प्रथम, महाकाली निसा चैसीर द्वितीय र वविता धामी तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

भोलि छात्राहरुको सेमिफाइनल र फाइनल तथा छात्रहरुको फाइनल भलिबल र छात्रहरुकै कबड्डी प्रतियोगिता सञ्चालन हुनेछन् । भोलि नै कार्यक्रम समापन गरिने आयोजकले जनाएको छ ।

खेलकको चौथो दिनसम्मको सबै नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस

दार्चुलाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा अहिलेसम्मको सबै नतिजा (भिडियो)

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?