बझाङको साइपाल हिमाल आसपास केन्द्रविब्दु बनाएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

दार्चुला । बझाङमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ ।

आइतबार दिउँसो १२ बजेर ९ मिनेटमा बझाङको साइपाल हिमाल आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाले जानकारी दिनुभयो ।

बझाङमा भूकम्प गएपछि बझाङ, बाजुरासहित आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

नेपालको पश्चिमी क्षेत्रमा भूकम्पीय जोखिम रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् । पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएको ५ सय बर्षभन्दा बढी भइसकेकाले यो क्षेत्रमा भूकम्पीय जोखिम उच्च रहेको तिमल्सिनाले बताउनुभयो ।

स–साना भूकम्प जानुले पनि जमीनभित्र भूकम्पीय शक्ति सञ्चित रहेको कुरा पुष्टि हुने गरेको बिज्ञहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?