दार्चुला । बाजुरामा अविरल वर्षासँगै आएको बाढीपहिरोको कारण १३ भेडाबाख्रा मरेको र ३८ बेपत्ता भएका छन् । आज बिहान जिल्लाको जगन्नाथ गाउँपालिका वडा २ माथिल्लो हुनीमा अबिरल वर्षाको कारण पहिरो जाँदा गोठमा राखेका १३ भेडाबाख्रा मरेको ३८ बेपत्ता भएका हुन् ।
भेडाबाख्रा मर्ने र बेपत्ता हुनेमा जगन्नाथ गाउँपालिका–२, माथिल्लो हुनी बस्ने चैनबहादुर विष्टका ५४ मध्ये २ भेडाबाख्रा मरेको र ९ बेपत्ता भएका छन् । सोही गाउँका अमृत ल्वारका ५६ वटा भेडाबाख्रामध्ये ३ वटा भेडाबाख्रा मरेको र १४ वटा बेपत्ता भएका छन् ।
त्यसै गाउँका राजबहादुर विष्टका ४० वटा भेडाबाख्रामध्ये ५ भेडाबाख्रा मरेको र १० वटा अझै बेपत्ता भएका छन् । त्यसैगरी ऐनबहादुर विष्टका ९५ वटा भेडामध्ये ३ वटा मरेको र ५ वटा अझै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी नरेशबहादुर शाहीले, आज बिहान एक्कासि आएको बाढीपहिरोको कारण यहाँ एक दर्जन भन्दाबढी भेडाबाख्रा मरेको बताउनुभयो । उहाँले भन्नभुयो, “अहिले मरेको भेडाबाख्राको मुचुल्का तयार पारेको छ ।”
भिरालो ठाउँमा बस्ती भएको र त्यसैमा भारी वर्षा भएकाले त्यहाँ पहिरो गएको थियो । त्यो पहिराले लेकमा गोठामा पहिरो गएर झण्डै लाखौको क्षति भएको शाहीले बताउनुभुयो ।




