सुदूरपश्चिममा झण्डै साढे २३ हजारले लगाए कोरोना विरुद्धको खोप

दार्चुला । सुदूरपश्चिम प्रदेशमा झण्डै साढे २३ हजार जनालाई कोरोना भाईरस विरुद्धको खोप लगाइएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीकाअनुसार प्रदेशभर हालसम्म २३ हजार ४ सय १७ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका हुन्।

पहिलो चरणको पहिलो लक्षित समूह र पहिलो चरणकै दोस्रो लक्षित समूह समेत गरेर १९ हजार १ सय ९५ जना पुरुष र ४ हजार २ सय ७ जना महिलाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयको तथ्यांकअनुसार कैलालीमा सबैभन्दा धेरै ६ हजार ७ सय १० जनाले खोप लगाएका छन्।

कञ्चनपुरमा ३ हजार ५ सय ३८, डोटी ३ हजार १६ जना, बैतडी १ हजार ८ सय ४५ जना, बझाङमा १ हजार ७ सय ७७ जनालाई खोप लगाइएको छ।

यस्तै, अछाममा १ हजार ७ सय ९३, दार्चुलामा १ हजार ७ सय ४६, डडेल्धुरामा १ हजार ६ सय र बाजुरामा १ हजार ३ सय ८९ जनाले खोप लगाएका छन्।

पहिलो चरणको अभियान अन्तरगत प्रदेशभर २६ हजार ७ सय ४४ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा हालसम्म ८७ दशमलव ५५ प्रतिशतले खोप पाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?