सर्वोच्चको फैसलाको स्वागत गर्छौँ : कांग्रेस सभापति देउवा

दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताउनुभएको छ ।

मङ्गलवार अदालतको फैसलापछि सामाजिक सञ्जाल ट्विटरमा उहाँले भन्नुभएको छ, ‘मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थियो । त्यहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनर्स्थापना गर्ने एतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको फैसलाको स्वागत गर्दछ ।’

देउवाले संविधान कार्यन्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो नै सर्वोच्च अदालत भएको बताउनुभएको छ । सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको उहाँको भनाइ छ ।

देउवाले संसद् विघटन बदर गर्ने सर्वोच्च अदालतको संवैधानिक इजालसका न्यायधीशहरूलाई धन्यवाद दिन चाहनुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?