देउवालाई भेट्न प्रचण्ड-नेपाल बुढानिलकण्ठ जाँदै

दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्।

देउवासँग प्रचण्ड-नेपालले आज भेट्ने कार्यक्रम छ। चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका छन्।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे देउवासँग प्रचण्ड-नेपालले भेट्न लागेका छन्।

देउवाका सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड-नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेका थिए।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?